चीनमा दैनिक संक्रमितको संख्या २० हजार नाघ्यो, सांघाईमा सामूहिक परीक्षण गरिने

काठमाडौं–चीनमा दैनिक कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ। कोरोना महामारी सुरु भएयता एकै दिन यतिधेरै जनामा संक्रमण पुष्टि भएको यो पहिलो हो।
२४ घण्टा अवधिमा २० हजार ४ सय ७२ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण तीव्र भएपछि २ करोड ६० लाख जनसंख्या भएको चीनको सबैभन्दा ठूलो सहर सांघाईमा सामूहिक परीक्षणको नयाँ चरण सुरु गर्ने भएको छ।
लगातार पाँचौं दिन संक्रमितको संख्या १७ हजार नाघेपछि सांघाई प्रशासनले सामूहिक परीक्षण गर्ने भएको हो। मार्च १ यता सांघाईमा कूल संक्रमितको संख्या ९४ हजार नाघेको छ। यसअघि आइतबारदेखि मंगलबारसम्म तीन दिन सामूहिक परीक्षणको पहिलो चरण सम्पन्न भएको थियो।