प्रधानमन्त्रीले सुरु गरे टाइफाइडविरुद्धको खोप अभियान

हेल्थपोस्ट नेपाल

काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियानको सुरुवात गरेका छन्। खोप स्वास्थ्य मन्त्रालयका प्रतिनिधिलाई हस्तान्तरण गरेर देउवाले अभियानको शुभारम्भ गरेका हुन्।

टाइफाइडविरुद्धको खोप अभियान भोलि चैत २४ गतेबाट सञ्चालन हुँदैछ। यो अभियानअन्तर्गत १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइनेछ। टाइफाइडविरुद्धको खोप अभियान दक्षिण एसियामै पहिलोपटक सञ्चालन भएको हो।

शुभारम्भ कार्यक्रममा स्वास्थ्यमन्त्री विरोध खतिवडा, स्वास्थ्य सचिव रोशन पोखरेल, बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामालगायतले बोलेको थिए।



Leave a Reply

Your email address will not be published.