काठमाडौं उपत्यकामा अझै २३४ सक्रिय संक्रमित, २४ घण्टामा थप १३ जनामा संक्रमण पुष्टि

काठमाडौं–नेपालमा कोरोना संक्रमण अन्त्य हुने क्रममा रहेको देखिएपनि काठमाडौं उपत्यकामा अझै २३४ सक्रिय संक्रमित छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२९, भक्तपुरमा २ र ललितपुरमा १०३ सक्रिय संक्रमित छन्। नेपालभर भने सक्रिय संक्रमितको संख्या ७६५ छ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १३ जनामा संक्रमण पुष्टि भएको छ। ४ हजार ८ सय ७ जनाको परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। त्यसमध्ये काठमाडौंमा ५ जना भेटिएका छन्।
उक्त अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने ५७ जना निको भएकाछन्। मंगलबार ५६ हजार ५ सय २७ जनाले कोरोना खोप लगाएका थिए।