यात्रुमा स्वास्थ्य समस्या भएपछि बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्मिक अवतरण

हेल्थपोस्ट नेपाल

काठमाडौं – बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गरिएको छ। धनगढीबाट काठमाडौंका लागि उडेको विमानमा सवार एक यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नेपालगञ्जमा अवतरण गरिएको हो।

नेपालगञ्ज विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था गरिएको थियो। विमानस्थलमै स्वास्थ्य जाँच गरिएको र उनको अवस्था ठीक रहेको बुद्ध एयरले जनाएको छ।

नेपालगञ्जमा यात्रुलाई आफन्तको जिम्मा लगाइएको बुद्ध एयरले जनाएको छ।



Leave a Reply

Your email address will not be published.