फ्रान्समा दैनिक दुई लाख संक्रमित

हेल्थपोस्ट नेपाल

पेरिस–फ्रान्समा कोरोनासंक्रमितको दैनिक संख्या झण्डै दुई लाख पुगेको छ। नयाँ राष्ट्रपति चयनका लागि मतदान गर्ने दिन नजिकिँदै गरेका बेला दैनिक सङ्क्रमितहरूको सङ्ख्या दुई लाखभन्दा बढी पुगेको हो।

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा फ्रान्समा दुई लाख तीन हजार २१ जना सङ्क्रमित भएका छन्।

फ्रान्समा आगामी आइतबार नयाँ राष्ट्रपति चयनका लागि मतदान हुने निर्वाचन आयोगले जनाएको छ।

स्वास्थ्य अधिकारीहरूका अनुसार फ्रान्समा अहिले दुई लाख तीन हजार १० जना सङ्क्रमितहरू अस्पतालमै छन्। तीमध्ये एक हजार ५५२ जनाको सघन कक्षमा उपचार भइरहेको छ।

त्यसैगरी पछिल्लो एक दिनमा फ्रान्समा कोरोनाका कारण कम्तीमा १४० जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

यही मार्च २५ देखि ३१ सम्मको दैनिक सङ्क्रमितहरूको सङ्ख्याका आधारमा हेर्दा औसतमा एक लाख ३९ हजार ९६७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।

फ्रान्समा रहेका व्यक्तिमध्ये ८०.९ प्रतिशतले कोरोनाभाइरसविरुद्ध कम्तीमा एउटा खोप लगाएका छन्। कुल जनसङ्ख्याको ७९.५ प्रतिशतले पूर्ण खोप लगाएका छन्।



Leave a Reply

Your email address will not be published.