नर्भिकले क्यान्सर उपचारसहितको अत्याधुनिक भवन बनाउने

हेल्थपोस्ट नेपाल

काठमाडौं – पब्लिक कम्पनीमा रुपान्तरण भएको नर्भिक इन्टरनेसनल हस्पिटलले अत्याधुनिक भवन निर्माणको काम थाल्ने भएको छ।

पूर्व घोषणाअनुसार नर्भिकले हालको अस्पतालको पार्किङस्थल क्षेत्रमा अत्याधुनिक सेवा र सुविधाले सम्पन्न ८ तले भवन निर्माणको काम थाल्ने भएको हो।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रकाअनुसार नर्भिकको २९ औं वार्षिकोत्सवको शुभमुहूर्त पारेर अत्याधुनिक भवन निर्माणको काम आगामी बैशाख १ गतेदेखि विधिवत रुपमा सुरु गर्ने छ।

अस्पतालले सोमबार अस्पतालले भवन निर्माणका लागि रोशन कन्स्ट्रक्सन प्रालिसँग सम्झौता समेत गरेको छ। सम्झौतामा नर्भिक अस्पतालका तर्फबाट संचालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंह र निर्माण कम्पनीको तर्फबाट डाइरेक्टर अरविन्दकुमार झाले हस्ताक्षर गरेका छन्।

नयाँ भवन कम्प्रिहेन्सिभ क्यान्सर ट्रिटमेन्टसहितको आधुनिक र सुविधासम्पन्न हुने अध्यक्ष सिंहले जानकारी दिए। उनका अनुसार १ लाख ६५ हजार स्क्वायर फिटमा आधुनिक भवन तयार हुनेछ। निर्माण सुरु भएको एक वर्षभित्रमा भवन तयार गरिसक्ने सम्झाैतामा उल्लेख छ।



Leave a Reply

Your email address will not be published.