३ सूत्रीय माग पूरा नभए आन्दोलनमा उत्रने सरकारी चिकित्सकको चेतावनी

हेल्थपोस्ट नेपाल

काठमाडौं–सरकारी चिकित्सक संघ मधेश प्रदेशले प्रादेशिक अस्पताल जनकपुर र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छुट्टाछुट्टै स्वतन्त्र संस्था कायम गर्नुपर्नेलगायतका ३ सूत्रीय माग अघि सारेको छ।

संघले सोमबार मागपत्र पेश गर्दै आफ्ना माग पूरा नभए आन्दोलनमा उत्रने चेतावनीसमेत दिएको छ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल नबनुन्जेलसम्मका लागि प्रादेशिक अस्पताल जनकपुरलाई प्रयोगात्मक कक्षा र पठनपाठनका लागि प्रयोग गर्नुपर्ने, जनकपुरको शानको रुपमा रहेको जनकपुर नर्सिङ क्याम्पसलाई अन्यत्र सार्न नहुने, संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागि दुर्गमकै मापदण्डका कारण उच्च शिक्षा तथा स्तरवृद्धिका लागि वाधा नपर्ने संघीय स्वास्थ्य सेवा ऐनको व्यवस्थाबमोजिम प्रदेश निजामति सेवा ऐनमा समेत व्यवस्था गरी वृत्तिविकास सुनिश्चित गर्न माग गरेको छ।

आफ्ना ३ सूत्रीय मागपूरा नभए सशक्त रुपमा आन्दोलनमा उत्रने चेतावनी पनि संघमा अध्यक्ष कृष्णकुमार यादव र अजयकुमार यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।



Leave a Reply

Your email address will not be published.