भारतको उत्तर प्रदेशमा खोलिँदै थप १४ मेडिकल कलेज

हेल्थपोस्ट नेपाल

काठमाडौं–भारतको उत्तर प्रदेशमा थप १४ मेडिकल कलेज बन्ने भएका छन्। उत्तर प्रदेश सरकारले नयाँ मेडिकल कलेजको शिलान्यासको तयारी तीव्र रुपमा थालेको छ।

उत्तर प्रदेशको गोण्डा, कौशाम्बी, ललितपुर, लखिमपुर, खिरिी, बुलन्दसहर, चन्दौली, पिलिभित, औरैया, बिजनौर, कानपुर, कुशीनगर, अमेठी, सुल्तानपुर र सोनभद्रमा मेडिकल कलेज बन्ने भएका हुन्।

आगामी वर्षसम्म ती मेडिकल कलेज निर्माण सुरु हुनेछन्। नयाँ कलेज प्रत्येकमा १ सय एमबीबीएस सिट हुनेछन्। यसका साथै सार्वजनिक–निजी साझेदारीअन्तर्गत १६ जिल्लामा मेडिकल कलेज खोल्न पनि प्रस्ताव मागिएको छ।

यसअघि सन् २०१७ सम्म उत्तरप्रदेशभर जम्मा १२ मेडिकल कलेज थिए। हालै मुख्यमन्त्री योगी आदित्यनाथले प्रदेशमा चाँडै थप १४ मेडिकल कलेज निर्माण हुने र हरेक जिल्लामा एक मेडिकल कलेज हुने बताएका थिए। केही वर्षदेखि प्रदेशमा मेडिकल कलेजका भौतिक पूर्वाधारलाई मजबूत गर्ने कार्य भएको र आमसर्वसाधारणसम्म स्वास्थ्य सुविधा पुर्‍याउने प्रयास भइरहेको आदित्यनाथले बताएका छन्।



Leave a Reply

Your email address will not be published.