६६ जना संक्रमणमुक्त हुँदा २३ संक्रमित थपिए

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २३ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९०९ जनाकाे नमुना परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको हो।
याे अवधिमा ६६ जना संक्रमणमुक्त भएका छन् भने कसैकाे पनि संक्रमणबाट मृत्यु भएकाे छैन। मन्त्रालयका अनुसार हाल देशभर ८९९ जना सक्रिय संक्रमित छन्।