डा यादवको मृत्युको घटना छानबिन गर्न चिकित्सक संघको माग

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपाल चिकित्सक संघले नोबेल मेडिकल कलेजमा कार्यरत डा विजय यादवको मृत्यु भएको घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेको छ।

संघले विज्ञप्ति जारी यादवको मृत्युबारे छानबिन गरी यथार्थ विवररण सार्वजनिक गर्न माग गरेको हो।

चारवर्षदेखि उक्त अस्पतालमा कार्यरत डा यादव शनिबारबिहान अस्पतालअगाडि रहेको डेराको गेटमा मृत फेला परेका थिए। प्रहरीले उक्त घटनाको शनिबारदेखि नै अनुसन्धान सुरु गरेको छ भने शंकास्पद चार जनालाई पक्राउ गरेको जनाइएको छ।



Leave a Reply

Your email address will not be published.