नयाँ वर्षबाट औषधिको आयात बन्द गर्दै औषधि व्यवसायी

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपाल औषधि व्यवसायी संघले नयाँ वर्षबाट औषधिको आयात बन्द गर्ने निर्णय गरेको छ। सरकारले आफूहरुको माग सुनुवाइ नगरेको भन्दै बैशाख १ गतेबाट औषधिको आयात बन्द गर्ने निर्णय संघले गरेको हो।

आयात हुने औषधिको हकमा औषधि निर्यात गर्ने मुलुकको एमआरपी मूल्य अनुसार समायोजन हुनुपर्ने संघको माग छ। आयात हुने औषधिको एमआरपी मूल्यअनुसार बिक्री गर्न नपाउँदा आफूहरुलाई समस्या भएको व्यवसायीको माग छ। संघले फागुन २७ गते औषधि व्यवस्था विभागलाई आफ्ना माग सम्बोधनका लागि ३० दिने अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएको थियो।

संघले गत वर्ष पनि २५ बुँदे माग पत्र पेश गरेको थियो। नेपालमा बिक्री हुने करिब ५५ प्रतिशत जीवनरक्षक, आइसीयू तथा सीसीयूमा प्रयोग गरिने औषधि विदेशबाट आयात हुने गरेको छ भने आकस्मिक औषधिको हकमा शत प्रतिशत नै आयात हुने गरेको छ। गत माघ १४ गते २५ बुँदे संस्थागत रायसुझाव औषधि व्यवस्था विभिगामा बुझाएका र त्यसबारे सुनुवाइ नभएपछि आन्दोलनमा उत्रनुपरेको संघले जनाएको छ।



Leave a Reply

Your email address will not be published.