दोस्रो डोज लगाएको ३ महिनापछि बुस्टर खोप दिइने, विभागले सातै प्रदेशलाई गर्‍यो परिपत्र

हेल्थपोस्ट नेपाल

काठमाडौं–स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले कोभिडविरुद्धको खोपको पहिलो श्रृंखला पूरा गरेको (दोस्रो डोज लगाएको) ३ महिनापछि १ डोज बुस्टर खोप दिने व्यवस्था गर्न आग्रह गरेको छ।

महाशाखाले सातै प्रदेशका प्रदेश स्वास्थ्य निर्देशनालयलाई परिपत्र गर्दै राष्ट्रिय खोप सल्लाहकार समितिको यही चैत १३ को सिफारिसका आधारमा तीन महिनापछि बुस्टर डोज दिने व्यवस्था गर्न निर्देशन दिएको हो।

यसअघि खोपको पहिलो श्रृंखला पूरा गरेको ६ महिना पूरा गरेपछिमात्र बुस्टर डोज दिने निर्णय भएको थियो।

महाशाखाले कोभिड खोपको पहिलो श्रृंखला र बुस्टर मात्रा प्रदान गरिँदै आएको कार्यलाई तीव्रता दिई खोपको उपलब्धताका आधारमा अभियानमार्फत् बुस्टर खोप प्रदान गर्ने साथै छुट खोप प्रदान गर्न विगतमा जानकारी गराएअनुसार तोकिएका खोप केन्द्रहरुबाट निरन्तरपहिलो श्रृंखला तथा बुस्टर खोप उपलब्ध गराउने व्यवस्थाका लागि आग्रह गरेको छ।



Leave a Reply

Your email address will not be published.