एमबीबीएसका ५ नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं– चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहको एकीकृत प्रवेश परीक्षाका पाँच नक्कली परीक्षार्थी पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले आइतबार पत्रकार सम्मेलन गरी पक्राउ परेका पाँच जनालाई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा अमर पण्डित, अनिकेत चौधरी, रामआषिश यादव, इस्तियाक अहमद र सन्नीकुमार साह रहेका छन्।
उनीहरुलाई शुक्रबार भक्तपुर र काठमाडौंका विभिन्न परीक्षा केन्द्रबाट अरुका नाममा परीक्षा दिन आएको अवस्थामा नियन्त्रणमा लिएको र उनीहरुबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ।