रुसमा बन्यो नाकबाट दिइने कोरोनाविरुद्धको खोप

हेल्थपोस्ट नेपाल

काठमाडौ–कोरोना भाइरसका नयाँ–नयाँ भेरियन्टले विश्वलाई प्रभावित पारिरहेको छ। यहीकारण यसको उपचार र खोपमा पनि चुनौती आइरहेको छ। त्यसैले विश्वभरका वैज्ञानिकहरु कोरोना भाइरसविरुद्ध नयाँ खालका खोपको खोजीमा जुटेका छन्। सोही क्रममा रुसमा नाकबाट दिइने स्पे्र खोप दर्ता गरिएको छ। विश्वकै यस किसिमको खोप यो पहिलो हो।

रुसी स्वास्थ्य मन्त्रालयले कोरोनाको खोप स्पुतनिकको नेजल भर्सन (नाकबाट दिइने औषधि) दर्ता गरिएको जनाएको हो। सूई लगाउन डराउने, सूई लगाउँदा दुख्ने र सुन्निने समस्या हुनेहरुलाई नाकबाट दिइने खोप प्रभावकारी हुने बताइएको छ।

यो खोप बजारमा आउनै लाग्दा युक्रेनसँग युद्ध सुरु भएकाले अब करिब ४ महिनामा बजारमा आउने बताइएको छ। गमलेया सेन्टरका निर्देशक अलेक्जेण्डर गिन्ट्सबर्गले यो खोप ओमिक्रोनजस्ता नयाँ भेरियन्टविरुद्ध प्रभावकारी हुने बताए।



Leave a Reply

Your email address will not be published.