चिकित्सक मृत्युको विषयमा प्रहरीले अघि बढायो अनुसन्धान

हेल्थपोस्ट नेपाल

काठमाडौं–बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत डा विजय यादव मृत फेला परेको विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। अस्पतालको अर्थाे विभागमा कार्यरत यादवको शव अस्पताल अगाडिको प्रेम बस्नेतको घरको गेटमा फेला परेको थियो। उनी बस्नेतको घरमा बस्दै आएका थिए। उनको शव फेला परेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए।

डेरादेखि वरपरको सडकमा रगतको टाटा देखिएकाले यादवको हत्या भएको हुनसक्ने आशंका आफन्तले गरेपछि प्रहरीले अनुसन्धान थालेको हो। उनी शुक्रबारसाँझ स्थानीय कृष्ण क्याफेमा खाजा खाएर फर्केको बताइएको छ।

बंगलादेशबाट एमबीबीएस गरेका यादव ३ वर्षदेखि नोबेलमा कार्यरत थिए।



Leave a Reply

Your email address will not be published.