अर्को महामारीको कारक बन्न सक्छ लामखुट्टे

हेल्थपोस्ट नेपाल

काठमाडांैं–कोरोना भाइरस महामारीको २ वर्षपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अब लामखुट्टे, झिंगा र अन्य किराहरुहरुका कारण हुनसक्ने जिका, डेंगू, यलो फिभर, मलेरियालगायत रोगको महामारी फैलनसक्ने चेतावनी दिएको छ।

यस्ता स्वास्थ्य समस्याहरु विश्वका विभिन्न मुलुकका लागि खतरा बनिरहेको डब्लुएचओको भनाइ छ। एक तथ्यांकअनुसार अर्थोपोड पनि भनिने यस्ता रोगबाट प्रभावितहरुको संख्या विश्वभर ३ अर्ब ९ करोड छ। यस्ता अधिकांश रोग एडिस नामको लामखुट्टेको टोकाइबाट हुन्छ, जसको असर पूरै विश्वमा देखा परिरहेको छ, चाहे त्यो वातावरणीय होस् या सामाजिक र आर्थिक।

१३० देशमा फैलिइसकेको छ डेंगू
डब्लुएचओका अनुसार डेंगूले बर्सेनि १३० मृुलुकमा रहने ३९ करोडभन्दा बढी मानिसलाई संक्रमित गर्ने गर्छ। यसमध्ये जिका भाइरस पहिलोपटक २०१६ मा फैलिएको थियो, जसका कारण शिशुहरुमा जन्मदै शारीरिक समस्या भएको पाइएको थियो। जिका भाइरस कम्तीमा पनि ८९ मुलुकमा पाइएको छ।

यलो फिभर ४० मुलुकका लागि खतरा बनेको पाइएको छ। यो डेंगूजस्तै रक्तस्रावी ज्वरो र मृत्युको कारण पनि बन्न सक्छ। चिकनगुनियाले पनि ११५ मुलुक प्रभावित छन्। यसले जोर्नीको दुखाई, आर्थराइटिसजस्ता समस्या निम्त्याउँछ।

डब्लुएचओका अनुसार विज्ञहरु यी रोगको महामारी फैलनसक्ने सम्भावनालाई दृष्टिगत गर्दै यसविरुद्धको रणनीतिको तयारीमा जुटेका छन्। डब्लुएचओको ग्लोबल इन्फेक्सियस हाजार्ड प्रिपियर्डनेसका निर्देशक डा सिल्भी ब्रियाण्ड भन्छन्, ‘कोभिड महामारीको दुई वर्ष बितिसकेको छ। हामीलाई थाहा भइसकेको छ, कुनै ठूलो घटनाका लागि तयार हुनका लागि अप्ठ्यारा स्थितिको सामना गर्नुपर्छ।

उनका अनुसार सन् २००३ मै कोरोना महामारीको संकेत प्राप्त भएको थियो र २००९ मा फ्लु महामारीको अनुभव गरिसकिएको थियो। तर पनि तयारीमा कमी रह्यो। आगामी महामारी किराहरुबाट हुने रोगका कारण हुनसक्ने र यसको खतरा बढिरहेको उनको भनाइ छ।

 



Leave a Reply

Your email address will not be published.