बालबालिका किन हुन्छन् अटिज्मको शिकार? के हुन् यसका लक्षण र उपचार?

हेल्थपोस्ट नेपाल

अटिज्मलाई मेडिकल भाषामा अटिज्म स्पेक्ट्रम डिस्अर्डर भनिन्छ। यो एक विकाससम्बन्धी गडबडी हो, जसबाट पीडित व्यक्ति कुरा गर्न, पढ्न या लेख्न र समाजमा घुलमिल भएर बस्न सक्दैनन्। पीडित व्यक्तिको मस्तिष्क अन्य व्यक्तिको तुलनामा फरक रुपले काम गर्छ।

अटिज्मबाट पीडित मानिसहरु पनि एक अर्कासँग फरक हुन्छन्। अर्थात् अटिज्मका लक्षण फरक–फरक बिरामीमा फरक हुन्छन्। यसको अहिलेसम्म पूर्ण उपचार पत्ता लागेको छैन। यसबाट पीडित बिरामी पनि जागिर खान, परिवार र साथीभाइसँग मिलेर बस्न सक्षम हुन्छन्। तर यसका लागि उनीहरुलाई अरुको सहायता चाहिनसक्छ। परिवार, साथीभाइ या शिक्षकको सहयोगबाट उनीहरु नयाँ कला सिक्न सक्छन्। यद्यपि केही अटिस्टिक मानिसमा पढ्न–लेख्न समस्या हुन्छ भने केही भने पढ्न–लेख्न तेज पनि हुनसक्छन्।

केही अध्ययनहरुले रोग पहिचान र इन्टरभेन्सन उपचारको तत्काल सेवाले अटिस्टिक मानिसले सामाजिक व्यवहार र नयाँ कला सिक्न सक्छन् र आफ्नो जीवन राम्रोसँग बिताउन सक्छन्।

अटिज्मको प्रकार
यो विशेषगरी तीन प्रकारको हुन्छः
१.अटिस्टिक डिस्अर्डरः यो अटिज्म सामान्यतः आमरुपमा देखिने खालको हो। यसबाट प्रभावितहरुमा सामाजिक व्यवहारमा र अन्य मानिससँग कुरा गर्न समस्या हुन्छ। साथै असामान्य चिजमा रुची हुने, असामान्य व्यवहारगर्ने, बोल्दा भकभकाउने या रोकिई रोकिई बोल्नेजस्ता बानी पनि अटिस्टिक डिस्अर्डरमा पर्छ। केही अवस्थामा बौद्धिक क्ष्ाँमतामा पनि कमी देखिन्छ।

२.अस्पेर्गेर सिन्ड्रोमः यो सिन्ड्रोमलाई अटिस्टिक डिस्अर्डरको सबैभन्दा हल्का रुप मानिन्छ। यसबाट पीडित व्यक्तिहरुलाई आफ्नै व्यवहारबाट अचम्म लाग्छ। तर केही खास विषयमा उनीहरुको रुची निकै बढी हुनसक्छ। यद्यपि यस्ता मानिसहरुमा मानसिक या सामाजिक व्यवहारसँग सम्बन्धित कुनै समस्या हुँदैन।

३. पर्भेसिभ डेभलपमेन्ट डिस्अर्डरः सामान्यतः यसलाई अटिज्मको प्रकारका रुपमा लिइँदैन। विशेष स्थितिमा मात्र यसलाई डिस्अर्डरपीडित मानिन्छ।

अटिज्मको लक्षण
यो रोगको लक्षण १२ देखि १८ महिनाको उमेरमै या त्योभन्दा पनि पहिले देखिन्छ, जो सामान्यदेखि गम्भीरसम्म हुनसक्छ। र, समस्याहरु जीवनपर्यन्तसम्म पनि रहनसक्छ। नवजात शिशु अटिज्मको शिकार हुँदा निम्त संकेत देखिनसक्छः

–एक दुई शब्द बारम्बार बोल्नु या गुनगुनाउनु

–कुनै चिजतर्फ इशारा गर्नु

–आमाको आवाज सुन्दा मुस्कुराउनु वा प्रतिक्रिया दिनु

–हातको बलमा हिँडेर अर्को व्यक्तिकहाँ जानु

–अर्काको आँखामा नहेर्नु

अटिज्मबाट प्रभावित बालबालिकामा लक्षण

–अरु बालबालिकासँग घुलमिल नहुनु

–एक्लै रहनु

–खेलकुदमा भाग नलिनु या रुची नदेखाउनु

–एउटै स्थानमा घण्टौंसम्म एक्लै या चुपचाप बस्नु, कुनै एक वस्तुमा विशेष ध्यान दिनु या कुनै एउटामात्र काम बारम्बार गर्नु।

–अलग तरिकाले कुरा गर्नु, जस्तोः मलाई तिर्खा लाग्यो भन्नुको साटो पानी खाउ भन्नु।

–कुरा गर्ने क्रममा एकै शब्द बारम्बार दोहोर्‍याउनु।

–सनकी व्यवहार गर्नु।

–आफैंलाई चोट लगाउनु या हानी पुर्‍याउने प्रयत्न गर्नु।

अटिज्मको कारण
अहिलेसम्म अटिज्मको वास्तविक कारण पत्ता लाग्न सकेको छैन। यद्यपि विभिन्न अध्ययनहरुले यो डिस्अर्डरमा आनुवंशिक या पर्यावरणीय कारण देखाएका छन्। यस्ता कारणले गर्भमा बढिरहेका शिशुको दिमागको विकासमा बाधा पुर्‍याउँछन्। जस्तोः

दिमागको विकासमा नियन्त्रित गर्ने जिनमा केही गडबडी हुनु

कोष र दिमागका बीच सम्पर्क गर्ने जिनमा गडबडी हुनु

गर्भावस्थामा भाइरल इन्फेक्सन या हावामा पैmलिएको प्रदूषणको सम्पर्कमा आउनु

यी बच्चामा अटिज्मको खतरा बढी हुन्छः

पहिले जन्मिएका बच्चा अटिज्मको शिकार भएका बाबुआमाका पछि जन्मने सन्तानमा अटिज्म हुने सम्भावना हुन्छ

समयभन्दा अघि अर्थात् प्रिम्याचोर जन्मिएका बच्चामा

कम तौल भएको अवस्थामा जन्मने बच्चामा

बढी उमेर भएका बाबुआमाका बच्चामा

जेनेटिक, क्रोमोसोमल अवस्था जस्ता ट्युबरस स्केलोरोसिस या फ्रेजाइल एक्स सिन्ड्रोम भएको अवस्थामा

गर्भावस्थाका दौरान खाएको औषधिको साइडइफेक्टबाट

निदान
हालसम्म यसको पहिचान या निदानका लागि कुनै विशिष्ट परीक्षण छैन। सामान्यतः अभिभावकलाई बच्चाको व्यवहार र उनीहरुको विकासमा ध्यान दिन भनिन्छ। यसबाट पनि डिस्अर्डरबारे पत्ता लगाउन सकिन्छ। विशेषज्ञले बिरामीको हेर्ने, सुन्ने, बोल्ने र मोटर कोअर्डिनेसनको क्षमता आँकलन गर्छन्। यदि निम्न लक्षण देखिन्छ भने त्यस्तो बच्चा अटिज्मबाट पीडित भएको मान्न सकिन्छः

एकै कुरा या क्रियाकलाप बारम्बार दोहोर्‍याइरहनु।

अलग–अलग सामजिक परिस्थितमा मानिसहरुसँग कुरा गर्न या सम्पर्क गर्न समस्या हुनु।

२ वर्षको उमेर आसपास बालबालिकाहरु अटिज्मबाट पीडित छन् कि छैनन् भन्ने पत्ता लाग्छ। तर केहीमा भने स्कुल जान थालेपछि या किशोर उमेर लाग्दामात्र देखिन्छ।

उपचार
यसको पूर्ण उपचार अहिलेसम्म पत्ता लाग्न सकेको छैन। यद्यपि बाल्यकालमै इन्टरभेन्सनल ट्रिटमेन्ट सर्भिसेजको मद्धतबाट अटिस्टिक बच्चालाई पढ्ने र लेख्नेजस्ता अत्यावश्यक कला सिकाउन सकिन्छ। यसमा एजुकेशनल प्रोग्राम र बिहेवियरल थेरापीका साथै यस्ता स्कील ओरियन्टेड तालिम पनि गराइन्छ। यस्ता तालिमले बच्चालाई बोल्न, सामाजिक व्यवहारिक र सकारात्मक व्यवहार सिक्न मद्धत गर्छ। यद्यपि हरेक व्यक्तिमा अटिज्मका लक्षण अलग अलग हुन्छ। मेडिकल औषधि प्रभावकारी हुँदैनन्, यद्यपि बैचैनी, डिप्रेसन र सनकी व्यवहार नियन्त्रण गर्न मद्धत मिल्छ।

डिस्क्लेमरः कुनै पनि स्वास्थ्य समस्या भएमा सम्बन्धित चिकित्सकको परामर्श सहयोग लिनुहोला



Leave a Reply

Your email address will not be published.