३८३५ को नमुना परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा २४ घण्टामा २२ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८ सय ३५ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

सोही अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने ७५ जना निको भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार २२ छ।



Leave a Reply

Your email address will not be published.