प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा स्वास्थ्यसम्बन्धी ३ समझदारीमा हस्ताक्षर हुने

हेल्थपोस्ट नेपाल

काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा स्वास्थ्यसम्बन्धी ३ वटा समझदारीमा हस्ताक्षर हुने भएको छ।

स्वास्थ्यमन्त्रालयका अनुसार भारतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २ सय थान डायलाइसिस मेसिन दिने, तनहुँको दुलेगौंडास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अघि बढाउने र नेपाल र भारत दुवै देशका एमडीएमएस विद्यार्थीलाई दुवै देशले दुई तिरकै मान्यता दिने समझदारीमा हस्ताक्षर गर्ने तयारी छ।

भ्रमण टोलीमा स्वास्थ्यमन्त्री विरोध खतिवडा र स्वास्थ्य सचिव डा रोशन पाखरेल सहभागी छन्।



Leave a Reply

Your email address will not be published.