चिकित्सा शिक्षा: स्नातक तहको एकीकृत प्रवेश परीक्षामा ३४ हजार ६ सय परीक्षार्थी सहभागी हुँदै

हेल्थपोस्ट नेपाल

काठमाडौं–चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा आजदेखि सुरु हुँदैछ।

परीक्षाका लागि काठमाडौं उपत्यकामा १११ परीक्षा केन्द्र कायम गरिएको छ भने पहिलो दिन चैत १८ गते १९ हजार ५ सय ८, दोस्रो दिन चैत २० गते १२ हजार २ सय ६२ र तेस्रो दिन २१ गते २ हजार ८ सय ९५ गरी कूल ३४ हजार ६ सय ६५ परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन्।

आयोगले विज्ञप्ति जारी गर्दै आफूबाट सम्प्रेषण हुने सूचनाबाहेक अन्य प्रचारबाजीका पछि नलागी परीक्षालाई मर्यादित र व्यवस्थित तुल्याउनका लागि आवश्यक सहयोग अभिभावकलाई समेत आग्रह गरेको छ।



Leave a Reply

Your email address will not be published.