वीर अस्पतालको सर्जिकल भवनबाट शल्यक्रिया सेवा सुरु

काठमाडौं–चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको सर्जिकल भवनबाट बिहीबारदेखि शल्यक्रिया सेवा सुरु भएको छ। एक महिनाअघि कोभिडबाहेकका सेवा नियमित गरेको अस्पतालले भवनबाट शल्यक्रिया सेवा सुरु गरेको हो।
अस्पतालका प्रशासकीय अधिकारी डा भूपेन्द्र बस्नेतले भवनबाट विस्तारै अन्य सेवा पनि सञ्चालन गर्दै लैजाने बताए।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले २०७४ फागुन २५ मा शिलान्यास गरेको भवनको ओलीले नै गत असार २७ मा उद्घाटन गरेका थिए। त्यसपछि गत फागुन २० बाट अस्पतालले भवनबाट सेवा नियमित गरेको थियो।
सर्जिकल भवनमा सेवा दिन सरकारले चिकित्सकलगायतका ८३१ दरबन्दी स्वीकृत गरेको थियो।
नयाँ सर्जिकल भवन ७ तलाको छ।