बागमती प्रदेशका नागरिकले रक्तसेवा निःशुल्क पाउने

काठमाडौं–बागमती प्रदेशका नागरिकले अबदेखि रक्त सेवा निःशुल्क पाउने भएका छन्। निःशुल्क रक्त सेवा सञ्चालनका लागि स्वास्थ्य कार्यालय काठमाडौं र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार केन्द्रबीच सम्झौता भएको छ।
निःशुल्क रक्त सेवा लिनका लागि वीर र टोखा चण्डेश्वरी अस्पतालको सिफारिस पत्र आवश्यक पर्नेछ। रगत परीक्षण, क्रस म्याच, ब्लड ब्याग, ब्लड ट्रान्सफ्युजनमा लाग्ने रकम निःशुल्क हुने जनाइएको छ।
उक्त सेवा प्रदेशका स्थायी बासिन्दाको उपचारका लागि रक्त सञ्चार सेवा सञ्चालन व्यवस्थापन कार्यविधि २०७८ बमोजिम निःशुल्क गरिएको हो। उक्त सम्झौता असार मसान्तसम्म मात्र लागू हुने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।