५ हजारको नमुना परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा २४ घण्टामा २६ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १ सय ९२ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

यो अवधिमा कोरोना संक्रमणका कारण कसैकोपनि मृत्यु भएको छैन भने ७७ जना निको भएका छन्। हाल नेपालमा १ हजार १ सय ४६ जना सक्रिय संक्रमित रहेका छन्। क्वारेन्टाइनमा १ सय ६ जना रहेका छन्।



Leave a Reply

Your email address will not be published.