पारासिटामोल घोटालाको छानबिन गर्न उपभोक्ता अधिकारकर्मीको माग

हेल्थपोस्ट नेपाल

काठमाडौं–उपभोक्ता अधिकारकर्मीहरुले औषधि व्यवस्था विभागको नामबाट हुन लागेको पारासिटामोल घोटाला छानबिन गर्न आयोग गठनको माग गरेका छन्। उपभोक्ता हित संरक्षण मञ्च र नेपाल फार्मेसी संघले पारासिटामोलको तौल बढाउने निर्णय हुँदा घोटाला भएको भन्दै आयोग गठन गर्न मुख्यसचिवसमक्ष माग गरेका हुन्।

मञ्चका अध्यक्ष ज्योति बानियाँले सिटामोलसम्बन्धी उचित निर्णय भएको भए कुनै क्लिनिकल फार्मासिस्टमार्फत् भन्न सक्नुपर्नेमा त्यसो नगरिएको उल्लेख गर्दै यो निर्णय अनुचित, दुषित र व्यापारीको प्रभावमा परेर गरेको देखिएको बताएका छन्।

मञ्च र फार्मेसी संघले सोमबार मुख्यसचिवसमक्ष मागपत्र पेश गर्दै ६५० एमजीको औषधि सेवनले आमउपभोक्ताको कलेजोमा गम्भीर समस्या पर्ने हुँदा कलेजो अस्पताल स्थापना र बजार बिस्तारका लागि केही व्यक्तिको दबाबमा परेको देखिएको आरोप लगाएका हुन्।

उनीहरुले नेपालमा हालसम्म क्लिनिकल ट्रायल तथा अनुसन्धान नभएको, स्ट्रीन्जेन्ट रेगुलेटोरी अथोरिटी भनिने विकसित देशहरुको नियमन निकायले समेत हालसम्म ६५० एमजीको पारासिटामोललाई उत्पादन वितरण अनुमति नदिएको र डब्लुएचओको इसेन्सियल ड्रग लिस्टमा समेत मान्यता नदिएको उल्लेख गरेका छन्।

 



Leave a Reply

Your email address will not be published.