गम्भीर बिरामीका लागि उपचार खर्च कार्यविधि पारित, कार्यान्वयनका लागि सबै निकायलाई परिपत्र

काठमाडौं–मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई उपचारखर्च वापत उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७८ पास भएको छ।
स्वास्थ्यमन्त्रीको यही चैत १२ को मन्त्रीस्तरीय निर्णयबाट उक्त कार्यविधि पारित भएको हो।
मन्त्रालयले उक्त कार्यविधि कार्यान्वयनका लागि मुलुकका ७५३ वटै स्थानीय सरकारलाई आग्रह गरेको छ।