थप ४२ जनामा संक्रमण पुष्टि

काठमाडौं – बितेकाे २४ घण्टामा थप ४२ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४७१ जनाकाे नमुना परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको हो।
याे अवधिमा ८६ जना निको भएका छन् भने काेराेना संक्रमणबाट कसैकाे पनि मृत्यु भएकाे छैन। हाल देशभर १ हजार १९८ जना सक्रिय संक्रमित रहेका छन्।