वीर अस्पतालमा रगतजन्य वंशाणुगत राेगकाे नि:शुल्क उपचार सुरु

काठमाडाैं-वीर अस्पतालमा गतजन्य वंशाणुगत रोगको नि:शुल्क उपचार सुरु भएको छ। यससँगै वीरमा अब सिकलसेल, हेमोफिलिया र थालेसेमिया रोगको नि:शुल्क उपचार हुनेछ ।
वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा भुपेन्द्रकुमार बस्नेतले सम्पूर्ण रगतजन्य वंशाणुगत रोगको उपचार नि:शुल्क गरिएको र त्यसका लागि सरकारले एक करोड ५० लाख रकम विनियोजन गरेको समेत जानकारी दिएका छन्।
यसका लागि वीरमा आठ बेड छुट्याइएकोमा सोमबार नै सात जना बिरामी भर्ना भएका छन्।
अस्पतालले पुरानो सर्जिकल भवनबाट यो सेवा उपलव्ध गराएको छ ।