स्वास्थ्य सेवा ऐनका सेवासुविधा नगुम्ने गरी संघीय निजामति सेवा ऐन ल्याउन माग

हेल्थपोस्ट नेपाल

काठमाडौं–हेल्थ असिस्टेन्ट संघ नेपालले सरकारले अध्यादेशमार्फत् ल्याउन लागेको एकीकृत संघीय निजामति ऐनमा समावेश गर्नुपर्ने व्यवस्थाका बारेमा सरकारलाई सुझाव दिएको छ।

संघले सोमबार स्वास्थ्यमन्त्री विरोध खतिवडालाई ज्ञापनपत्र बुझाउँदै स्वास्थ्य सेवा ऐनमा भएका सेवासुविधान नगुम्ने गरी ऐन ल्याउन माग गरेको हो।

संघले स्वास्थ्य सेवामा जुनसुकै तह र पदमा कार्यरत कर्मचारीहरु अध्ययन गर्नबाट वन्चित हुन नहुने उल्लेख गर्दै कुनै पनि तहको अध्ययन गर्न चाहिने न्युनतम शैक्षिक योग्यता भएमा अध्ययन गर्न बाधा नहुने गरी तलबी अध्ययन बिदा दिने व्यवस्था गर्न माग गरेको छ।

यस्तै, समायोजन ऐन २०७५ अनुसार प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई अन्तरसेवा तथा आन्तरिक प्रतियोगिताको उम्मेदवार हुन पटके व्यवस्था गरिन नहुने पनि संघले औंल्याएको छ। स्वास्थ्य सेवाका सबै समूहका कर्मचारीहरु कार्यक्षेत्रमा कार्य गर्दा रोग सर्ने जोखिम हुने हुँदा सबै समूहमा कार्यरत स्वास्थ्यकर्मीलाई जोखिमभत्ता उपलब्ध गर्ने व्यवस्था गर्नुपर्ने पनि संघले माग गरेको छ।



Leave a Reply

Your email address will not be published.