५०० एमजीको पारासिटामोल उत्पादन पनि निरन्तर हुन्छः औषधि उत्पादक संघ

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपाल औषधि उत्पादक संघले ६५० एमजीको पारासिटामोल उत्पादनका लागि अनुमति दिने औषधि सल्लाहकार समितिको निर्णय स्वागतयोग्य भएको बताएको छ।

संघले एक विज्ञप्ति जारी गर्दै विभिन्न राष्ट्रहरुमा र रोगहरुमा पारासिटामोल ६५० एमजी पनि आवश्यक देखिएकाले आवश्यक बिरामीको उपचारका लागि सहीमात्राको औषधि अभाव हुन नदिनुनै आफूहरुको उद्धेश्य रहेको र औषधिको प्रयोग र मात्राको आवश्यकता बिरामीको प्रकृतिअनुरुप रहेको जनाएको हो।

५०० एमजीको पारासिटामोल विस्थापित गर्ने भ्रमपूर्ण अभिव्यक्ति देखिएको भन्दै संघले त्यसो नभई ५०० एमजीको उत्पादन निरन्तर भई ६५० एमजी पनि उत्पादन गर्नका लागि अनुमति प्रदान भएको हुँदा ५०० एमजी पनि अभाव नहुने र आवश्यकताअनुसार ६५० एमजी पनि उपलब्ध हुने समेत संघले जनाएको छ।



Leave a Reply

Your email address will not be published.