चितवनमा १६६ पत्रकारको स्वास्थ्यपरीक्षण

हेल्थपोस्ट नेपाल

चितवन-जिल्लाका १६६ पत्रकारको स्वास्थ्यपरीक्षण गरिएको छ। नेपाल पत्रकार महासङ्घको ६७औँ स्थापना दिवस र भरतपुर अस्पतालको वार्षिकोत्सवको अवसरमा साेमबार रगतको नमूना सङ्कलन गरिएको हो। भरतपुर अस्पतालको प्रयोगशाला प्रमुख उर्मिला कँडेलका अनुसार १६६ पत्रकारको रगतको नमूना सङ्कलन गरिएको छ। उक्त नमूनाबाट कलेजो, मिर्गाैला रोग, मधुमेह, थाइराइड, रगतमा बोसोको मात्रा, सिविसी (ब्लड इन्फेक्सन), तीन महिनासम्म मधुमेहको अवस्था जनाउने एचबिए वान सि, रगतमा हेमोग्लोबिनको मात्रा, रक्त समूह लगायत ८ प्रकारका परीक्षण गरिने छ।

यही चैत १६ गते महासङ्घको कार्यालय भरतपुरमा फिजिसियन डा भोजराज अधिकारीको नेतृत्वमा भरतपुर अस्पतालका वरिष्ठ चिकित्सकले सङ्कलित रगतको रिपोर्ट हेर्ने र आवश्यक स्वास्थ्य परामर्श गर्नेछन्। कार्यक्रम संयोजक विप्लव काफ्लेका अनुसार स्वास्थ्यमा थप समस्या देखिएमा भरतपुर र अन्य अस्पतालमा थप उपचारको समन्वय गरिने छ । परीक्षणपछि आवश्यक परेमा उपलब्ध औषधिसमेत निःशुल्क व्यवस्था गरिएको छ । नेपाल औषधि व्यवसायी सङ्घ चितवनले औषधि सहयोग गर्ने छ।



Leave a Reply

Your email address will not be published.