इजरायलका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

हेल्थपोस्ट नेपाल

जेरुसेलम–इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोना संक्रमण भएको छ। प्रधानमन्त्रीको कार्यालयले सोमबार दिएको जानकारी अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनसँगको भेटवार्तालगत्तै उनमा संक्रमण पुष्टि भएको हो।

‘हिस्टोरिक समिट’ का उनीहरुबीच आइतबार साइडलाइन भेटवार्ता भएको अधिकारीहरूले जनाएका छन्। समिति इजरायलको जेरुसेलममै भएको थियो।

अस्वस्थ महसुस गरेपछि बन्नेटले एकान्तवासमै रहेर आफ्ना काम गरिरहेको र तत्काल अरुसँग भौतिक सम्पर्कमा नरहने निर्णय गरेको जनाइएको छ।

उनी त्यसअघि इजरायलकै उत्तरी सहर हाडेराको भ्रमणमा पनि गएका थिए। त्यहाँ इस्लामिक स्टेटका लडाकुहरूको आक्रमणमा परी दुई प्रहरी मारिएका थिए।

घटनाका बारेमा उनले आइतबार राति रक्षा तथा सार्वजनिक सुरक्षा मन्त्री, सेना प्रमुख र अन्य उच्च सरकारी अधिकारीहरूसँग पनि छलफल गरेका थिए।



Leave a Reply

Your email address will not be published.