थप २३ जनामा संक्रमण पुष्टि, नेपालमा अझै ३६२ सक्रिय संक्रमित

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा २३ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार २ सय २२ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

तीमध्ये सर्लाहीमा १, काठमाडौंमा ६, काभ्रेमा १, धादिङमा १, ललितपुरमा २, कास्कीमा २, रुपन्देहीमा १ र बाँकेमा १ जनामा संक्रमण देखिएको छ।

यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने २ सय १५ जना निको भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ५८ छ। सोही अवधिमा २४ हजार ६ सय ९१ जनाले खोप लगाएका छन्।

काठमाडौं उपत्यकामा अझै ३६२ सक्रिय संक्रमित छन्, जसमा काठमाडौंमा १७९, भक्तपुरमा १० र ललितपुरमा १७३ जना छन्।

नेपालमा हालसम्म ५५ लाख २९ हजार ३ सय ५३ जनाको पिसीआर र ११ लाख २२ हजार २७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। जसमा हालसम्म पिसिआरतर्फ ९ लाख ७८ हजार ३ सय ३२ जना र एन्टिजेनतर्फ १ लाख ४० हजार १ सय १३ जनामा पोजिटिभ देखिएको छ।

यस्तै, हालसम्म निको हुनेको संख्या ९ लाख ६४ हजार ८ सय २३ छ। संक्रमणमुक्त दर ९८.६ रहेको छ भने हालसम्म ११ हजार ९ सय ५१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ।
हाल विभिन्न स्थानमा गरी १ सय ६ जना क्वारेन्टाइनमा छन्।



Leave a Reply

Your email address will not be published.