भक्तपुर क्यान्सर अस्पतालले तोक्यो परीक्षा केन्द्र र समय

हेल्थपोस्ट नेपाल

काठमाडौं–भक्तपुर क्यान्सर अस्पतालले सोमबार हुने मेडिकल अधिकृत र फार्मेसी सहायक पदको लिखित परीक्षाको केन्द्र र समय तोकेको छ।

परीक्षा यही चैत १४ गते दिउँसो साढे १२ बजेदेखि साढे १ बजेसम्म भक्तपुर बहुमुखी क्याम्पस दुधपाटीमा सञ्चालन हुने अस्पतालले जनाएको छ।

परीक्षामा बहुवैकल्पिक वस्तुगत प्रश्न ५० वटा हुने, अंकभार प्रतिप्रश्न २ अंक र प्रश्नको उत्तर गलत भएमा पनि नेगेटिभ मार्किङ नहुने जनाइएको छ।



Leave a Reply

Your email address will not be published.