‘स्वास्थ्य नीति, व्यवस्थापन र प्रविधि’ मा पहिलो पटक स्नातकोत्तर पढाइ हुँदै

हेल्थपोस्ट नेपाल

काठमाडाैं- मनमोहन प्राविधिक विश्वविद्यालयले  विज्ञान तथा प्रविधि सङ्कायअन्तर्गत ‘स्वास्थ्य नीति, व्यवस्थापन र प्रविधि’ विषयमा स्नातकाेत्तर पढाइ सुरु गर्ने भएकाे छ।स्वास्थ्य महामारीका समयमा जनस्तरमा नियमित स्वास्थ्यको ज्ञान, सीप र चेतना फैलाई सेवा दिन सक्ने जनशक्ति उत्पादन गर्ने उद्धेश्यले विश्वविद्यालयले उक्त विषय अध्यापन गराउन लागेकाे हाे। स्वास्थ्य क्षेत्रमा कार्यरत र भाविष्यमा सो क्षेत्रमा जान चाहनेहरुका साथै मेडिकल सुपरिटेण्डेन्टहरुका लागि यो कोर्स उपयोगी हुन सक्ने जनाइएकाे छ ।

विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले गफ गर्न सक्नेभन्दा पनि काम गरेर खान सक्ने कला सिकाउन आफूहरुले समग्र प्रयास गरिरहेको र याे नयाँ कोर्स आगामी जेठदेखि कार्यान्वयनमा ल्याइने बताए।

उक्त कोर्स तर्जुमा समितिका संयोजक डा सुजन बज्राचार्यका अनुसार मेडिकल र व्यवस्थापनका पक्षसहितको नयाँ चेतनायुक्त कार्यक्रम भएकाले यसले विद्यार्थीलाई स्वास्थ्य सेवाको व्यवस्थापकीय ज्ञान, सूचना र अनुभव दिलाउने जनाए। विश्वविद्यालयमा विभिन्न कोर्सको तर्जुमामा संयोजन गर्दै आएका डा दीपेन्द्र श्रेष्ठले यस प्रकारको पढाइ हालसम्म नभएको र अध्ययनका आधारमा यसको आवश्यकता बोध गरी कोर्स तर्जुमा गरिएको बताए।

 



Leave a Reply

Your email address will not be published.