भारतमा पनि संक्रमण लगातार घट्दो, थप १४२१ मा संक्रमण पुष्टि

हेल्थपोस्ट नेपाल

काठमाडौं–भारतमा कोरोना संक्रमण लगातार घटेको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४२१ जनामा संक्रमण पुष्टि भएको छ। अब भारतभर सक्रिय संक्रमितको संख्या १६ हजार १ सय ८७ मात्र छ।

त्यसमध्ये केरलमा सबैभन्दा बढी ४८८१, महाराष्ट्रमा ८९३, मिजोरममा १२२७, कर्नाटकमा १८१८, पश्चिम बंगालमा ७२९ र असममा १३२६ छन्।

सोही अवधिमा ८ जनाको मृत्यु भएको छ भने १८२६ जना संक्रमणमुक्त भएका छन्। दैनिक सक्रिय संक्रमितको दर ०.२३ प्रतिशत छ। योसँगै भारतमा शैक्षिक सस्थाहरु खुला गर्ने तयारी गरिएको छ। यसअघि शनिबार १६६० मा संक्रमण पुष्टि भएको थियो भो शुक्रबार १६८५ मा देखिएको थियो।

तर उता, चीन, अमेरिका, युरोप तथा एशियाली मुलुकहरुमा संक्रमण बढेको छ।



Leave a Reply

Your email address will not be published.