यी हुन् निर्वाचन अधिकृतका रुपमा तोकिएका स्वास्थ्यअन्तर्गतका कर्मचारी

काठमाडौं–निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि स्वास्थ्य मन्त्रालय र मातहतका निकायका ४ जनालाई निर्वाचन अधिकृत तोकेको छ।
आयोगका अनुसार स्वास्थ्य सेवा विभागका उपसचिव महेश पाण्डेलाई निर्वाचन अधिकृतका रुपमा कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा खटाइएको छ। यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका उपसचिव सागर मिश्रलाई राक्सिराङ गाउँपालिका मकवानपुर, स्वास्थ्य मन्त्रालयका उसपसचिव सूर्यप्रसाद गौतमलाई रोशी गाँउपालिका काभ्रे र मन्त्रालयकै उपसचिव खिमादेवी लङवालाई मोलुङ गाउँपालिका ओखलढुंगामा खटाइएको छ।
उनीहरुलाई चैत २९ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृत तोकिएको आयोगले जनाएको छ।