के छ वीर अस्पताल कर्मचारी युनियनले स्वास्थ्य मन्त्रालयलाई बुझाएको ४१ बुँदे मागपत्रमा?

हेल्थपोस्ट नेपाल

काठमाडौं–चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको आधिकारिक ट्रेड युनियन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कर्मचारी युनियन वीर अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्री र स्वास्थ्य सचिवसमक्ष ४१ बुँदे माग पत्र पेश गरेको छ।

मागपत्रमा स्वायत्त प्रतिष्ठान ऐनको कार्यान्वयन, प्रतिष्ठान सभाको माग, दीक्षान्त समारोह, प्रतिष्ठान सेवा आयोग गठन, प्रतिष्ठान सेवातर्फ ओएनएम सर्भे, नयाँ सर्जिकल भवनमा कम्तिमा १०० वेड आईसीयूसहित पूर्ण रुपमा सन्चालन, दुवाकोट परियोजना निर्माण कार्यमा तीव्रता, ब्रिगिएका उपकरण मर्मत र सन्चालनलगायतका माग राखिएको छ।

यस्तै, आकस्मिक सेवा विस्तार र गुणस्तरीयता, रेडियोलोजी, सर्जरी र आइसीयू सेवा छिटो छरितो र गुणस्तरीय बनाउन निर्देशन र अनुगमन, शिक्षक तथा कर्मचारीको वृत्तिविकास र स्तर वृद्धि, प्रतिष्ठान सेवाका कर्मचारीलाई जिम्मेवारी दिँदा समानतालगायत मागका बारेमा प्रतिष्ठान पदाधिकारीलाई आवश्यक निर्देशन दिन माग गरिएको छ।

युनियनले लामो समयदेखि प्रतिष्ठान पदाधिकारीसमक्ष अस्पताल सुधार र कर्मचारी हकहितका पक्षमा आवाज उठाए पनि प्रतिष्ठान पदाधिकारीले कुनै सुनुवाइ नगरेकोको भन्दै युनियले प्रतिष्ठान कुलपति एवं प्रधानमन्त्री, सहकूलपति एवं स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिवसमक्ष ज्ञापन पत्र पेश गरेको युनियन सचिव दीपक मुडभरीले बताए।



Leave a Reply

Your email address will not be published.