नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, कसरी हेर्ने?

काठमाडौं–नेपाल नर्सिङ काउन्सिलले यही चैत १२ गते लिएको नर्सिङतर्फको २९ औं मिडवाइफरीतर्फको छैटौं नाम दर्ता परीक्षाको नतिजा प्रकाशित गरेको छ।
काउन्सिलले उत्तीर्ण परीक्षार्थीहरुले शैक्षिक प्रमाणपत्र, नागरिकताको सक्कलप्रति, प्रवेश पत्रमा भएको फोटोको सक्कल २ प्रति र एडमिट कार्डलिएर काउन्सिलमा सम्पर्क राख्न आग्रह गरेको छ।
त्यसका लागि नर्सिङतर्फ चैत १४ देखि २३ सम्म र मिडवाइफरीतर्फ चैत २० गते तोकिएको छ। यसका लागि अनलाइन लग इन गरी १२ सय रुपैयाँ इसेवामार्फत् भुक्तानी गरी प्रमाणपत्रका लागि आवेदन दिन सक्नेछन्।
अनुत्तीर्णहरुले आगामी परीक्षामा सामेल हुन पाउने जनाइएको छ। यसपटक नर्सिङतर्फको लाइसेन्स परीक्षामा १ हजार ४ सय ८३ जनाले फारम भरेकोमा ८ सय ७ जना अर्थात् ५४.८६ प्रतिशत उत्तीर्ण भएका छन्।
रिजल्ट हेर्न यो लिंक क्लिक गरेर आफ्नो रोल नम्बर हाल्नुहोला