साढे दुई हजार परीक्षण गर्दा आठ जनामा सङ्क्रमण

हेल्थपोस्ट नेपाल

कोरोना भाइरसको सङ्क्रमण घटेको पाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको बुलेटिनमा दुई हजार ६५५ मा कोरोना परीक्षण गर्दा आठ जनामा सङ्क्रमण देखिएको छ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ७५८ जना रहेको छ। पछिल्लो समय २१० कोरोनाबाट निको भएर घर फर्किएका छन् । यससँगै निको हुनेको सङ्ख्या नौ लाख ६४ हजार ६०८ पुगेको छ। निको हुनेदर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

शनिबार सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन। मन्त्रालयका अनुसार २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा काठमाडौँ मात्र रहेको छ । शून्य सङ्क्रमित भएका नौ जिल्ला धनकुटा, सङ्खुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, पूर्वरुकुम, बाजुरा, कञ्चनपुर, डोल्पा, हुम्ला र जुम्ला छन् । नेपालमा सङ्क्रमणदर १७.७ प्रतिशत छ ।

हाल होमआइसोलेशनमा एक हजार ७१७, संस्थागत आइसोलेशनमा ४१, आइसीयूमा १९ र भेन्टिलेटरमा दुई जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा ४७ हजार ७०१ जनाले खोप लगाएका छन् ।



Leave a Reply

Your email address will not be published.