अमेरिकाले दिएको थप ७ लाख ६६ हजार खोप आइपुग्यो

काठमाडौं–अमेरिकाले सहयोगस्वरुप उपलब्ध गराएको साढे ७ लाख फाइजर खोप काठमाडौं आइपुगेको छ। अमेरिकी दूतावासले ७ लाख ६६ हजार ३ सय ५० डोज फाइजर खोप नेपाल आइपुगेको र अरु थप आउने क्रममा रहेको जनाएको हो।
अहिलेसम्म अमेरिकी सरकारले विशवका झण्डै ११० भन्दा बढी मुलुकलाई ५ करोड डोजभन्दा कोभिड खोप निःशुल्क उपलब्ध गराइसकेको छ। त्यसमध्ये नेपालले ३१ लाख डोज पाएको हो।