थप १८ जनामा कोरोना संक्रमण पुष्टि, नेपालभर सक्रिय संक्रमित १९६०

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ४२ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने २ सय ७१ जना निको भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ९ सय ६० छ।



Leave a Reply

Your email address will not be published.