यी हुन् स्तरवृद्धिका लागि निवेदन दिए पनि कागजात र प्रक्रिया नपुगेका ३४३ पारामेडिक्स (सूचीसहित)

काठमाडौं–२०७८ पुससम्ममा स्तरवृद्धिका लागि निवेदन दिए पनि विभिन्न प्रक्रिया र कागजात नपुगेका ३४३ पारामेडिक्सहरुको कैफियत नामावली स्वास्थ्य सेवा विभागले प्रकाशित गरेको छ।
विभागले विभिन्न स्थानीय निकायमा कार्यरत पारामेडिक्सहरुको कैफियत सूची प्रकाशित गरेको हो। जसमा दुर्गम प्रमाणित कागजात नभएको, कासमूमा एक जनाको मात्र दस्तखत भएको, कासमूमा केरमेट भएको, सबन्धित कार्यालय र बिदा गयलकट्टी सिफारिस पेश नभएको, कासमूमा टिपेक्स लगाई केरमेट गरिएको लगायतका छन्।