भारतको बिहारमा फुड प्वाइजनिङका कारण १५० भन्दा बढी बालबालिका बिरामी

हेल्थपोस्ट नेपाल

काठमाडौं–भारतको बिहारमा फुड प्वाइजनिङका कारण १५० भन्दा बढी बालबालिका बिरामी भएका छन्। पटनाको गान्धी मैदानमा आयोजित बिहार दिवस समारोहमा भाग लिएका बेला खाना खाएपछि उनीहरु बिरामी परेका हुन्।

पेट दुख्ने, बान्ता हुने, टाउको दुख्नेजस्ता समस्या देखिएपछि उनीहरुलाई समारोहस्थलमा रहेको स्वास्थ्य शिविरमा उपचार गरिएको थियो। गम्भीर अवस्थामा रहेका १२ जनालाई पटना मेडिकल कलेज अस्पताल पठाइएको छ।

बिहार दिवसका अवसरमा गान्धी मैदानमा ३ दिनको समारोह आयोजना गरिएको थियो। जसमा राज्यका विभिन्न जिल्लाका जेहेन्दार विद्यार्थीलाई बोलाइएको थियो। पटनाका चिकित्सक डा विभा सिंहले १५० भन्दा बढी बालबालिकाको उपचार भइरहेको र उनीहरु खतरामुक्त रहेको बताइन्।

चिकित्सकले अधिक गर्मी र सुविधाजनक बसाइ नभएका कारण उनीहरु बिरामी परेको बताएका छन्।



Leave a Reply

Your email address will not be published.