६५० एमजीको पारासिटामोल बनाउन सरकारले दियो स्वीकृति

हेल्थपोस्ट नेपाल

काठमाडौं–सरकारले ६५० एमजीको पारासिटामोल ट्याब्लेट बनाउन स्वीकृति दिएको छ। बिहीबार बसेको औषधि सल्लाहकार समितिको बैठकले ६५० एमजीको पारासिटामोल दर्ता गर्न औषधि व्यवस्था विभागलाई अनुमति दिने निर्णय गरेको हो।

तर सरकारको यो कदमको उपभोक्ता अधिकारकर्मीले भने विरोध जनाएका छन्। उनीहरुले परीक्षण नै नगरी औषधि उत्पादकको दबाबमा थप तौलको सिटामोल उत्पादन गर्न स्वीकृति दिएको आरोप लगाएका छन्।

औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले बैठकले बढाइएको डोज र अन्तर्राष्ट्रिय मूल्यको अनुपातमा सिटामोलको नयाँ मूल्य तोक्ने निर्णय गरेको बताए। विज्ञ सल्लाहकारको रायअनुसार ६५० एमजीको सिटामोल बनाउने निर्णय भएको उनले बताए।

यसअघि करिब ५० वर्षदेखि पारासिटामोल ५०० एमजीमा उत्पादन हुँदै आएको थियो। औषधि उत्पादकहरुले हाल प्रतिट्याब्लेट १ रुपैयाँ पर्ने पारासिटामोलको मूल्य बढाउन सरकारलाई दबाब दिँदै आएका थिए। त्यसको साटो तौल नै बढाउने र सोहीअनुपातमा मूल्य बढाउने निर्णय गरिएको हो।



Leave a Reply

Your email address will not be published.