औषधि खरिदको रकममा भ्रष्टाचार गरेको आरोपमा वडाध्यक्षसहित ४ जनाविरुद्ध मुद्धा दायर

हेल्थपोस्ट नेपाल

काठमाडौं–औषधि खरिदका लागि आएको रकममा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सर्केगाड गाउँपालिका ३ का वडाध्यक्ष गजबहादुर रावतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले रावतसहित, स्वास्थ्य संयोजक सन्तोष धामी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डे र तत्कालीन लेखापाल सुरतबहादुर रेश्मीलाई ८ लाख रुपैयाँ बिगो कायम गरी बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

उनीहरुले औषधि खरिदका लागि आएको रकमको कम औषधि खरिद गरी बाँकी रकम हिनामिना गरेको भन्ने उजुरी आएपछि अनुसन्धान गर्दा औषधि खरिद र ढुवानीको नक्कली बिल भरपाईको सत्यतथ्य जाँच नगरी भुक्तानीका लागि सिफारिस गर्नुका साथै सरकारलाई हानीनोक्सानी पु¥याउने बदनियतले कागजात तयार गरी भुक्तानी लिई ८ लाख हिनामिना गरेको आरोप लगाइएको छ।



Leave a Reply

Your email address will not be published.