प्रदेश १ मा एक वर्षमै फेला परे साढे ३ हजार क्षयरोगका बिरामी

हेल्थपोस्ट नेपाल

विराटनगर–प्रदेश १ मा आर्थिक वर्ष २०७७/७८ मा तीन हजार ५५९ क्षयरोगका बिरामी पत्ता लागेका छन्।

विश्व क्षयरोग निवारणका अवसरमा बिहीबार आयोजित कार्यक्रममा प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले दिएको जानकारीअनुसार झापामा सबैभन्दा बढी क्षयरोगका नयाँ बिरामी फेला परेका छन्। झापामा ९९२, मोरङमा ९६८ र सुनसरीमा ८८९ क्षयरोगका बिरामी देखिएका छन्। तेह्रथुममा सबैभन्दा कम २१ बिरामी फेला परेका छन्। विराटनगर महानगरपालिकामा ३०० क्षयरोगी छन्।

स्वास्थ्य मन्त्रालय, विराटनगर महानगरपालिका, स्वास्थ्य निर्देशनालय र नेपाल क्षयरोग निवारण संस्थाद्वारा संयुक्तरूपमा आयोजित कार्यक्रममा मन्त्री यादवले प्रयोगशालाको प्रभावकारी जाँच र औषधि सेवनबाट क्षयरोग रोग निको हुने बताए।

उनले आसन्न स्थानीय तहको निर्वाचनका बेला घरदैलो कार्यक्रममा क्षयरोग, हात्तीपाइले रोग, आमा सुरक्षा र विभिन्न खोपका सम्बन्धमा स्पष्टरूपमा जनतालाई जानकारी गराउन आग्रह गरे।



Leave a Reply

Your email address will not be published.