यस्तो छ क्षयरोगमुक्त नेपाल घोषणा अभियान सञ्चालन निर्देशिका (पूर्णपाठसहित)

हेल्थपोस्ट नेपाल

काठमाडौं–सम्पर्कमा नरहेका करिब ४० हजार क्षयरोगका बिरामीलाई उपचारको दायरामा ल्याउन सरकारले तयार पारेको चार वर्षे राष्ट्रिय रणनीतिक योजनाअन्तर्गत क्षयरोगमुक्त नेपाल घोषणा अभियान सञ्चालनका लागि सरकारले निर्देशिका तयार पारेको छ।

निर्देशिकाअनुसार क्षयरोगमुक्त नेपाल निर्माणअन्तर्गत आर्थिक वर्ष २०९१/९२ सम्ममा क्षयरोगको अन्त्य र आव २१०६/०७ सम्ममा क्षयरोग निवारण गर्ने लक्ष्य राखिएको छ। यस्तै, क्षयरोगका कारणले परिवारमा पर्ने अधिक व्ययभार शून्यमा झार्ने लक्ष्य राखिएको छ।

क्षयरोगमुक्त नेपाल घोषणाका लागि निर्देशिकामा विभिन्न आधार तय गरिएको छ। जसमा प्रत्येक स्थानीय तहमा रोग निदानका लागि मेडिकल ल्याब टेक्नोलोजिस्ट विषयमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका साथै क्षयरोगका लागि कार्य गर्ने गरी तोकिएको जनशक्तिसहित कम्तीमा एउटा क्षयरोग प्रयोगशाला सन्चालन हुनुपर्ने, स्थानीय तहभित्रका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौधी, आधारभूत स्वास्थ्य केन्द्र,निजी तथा गैरसरकारी संघसंस्थामा आवश्यकताअनुसार उपचार केन्द्र (डट्स सेन्टर) को व्यवस्था हुनुपर्ने भनिएको छ।

निर्देशिकामा स्थानीय, प्रदेश, संघ, जिल्ला, वडा समितिहरुको भूमिका पनि औंल्याइएको छ।

 



Leave a Reply

Your email address will not be published.