बागमती प्रदेशका ६ जिल्लामा फैलियो बर्डफ्लु

हेल्थपोस्ट नेपाल

काठमाडौं–बागमती प्रदेशका ६ जिल्लामा बर्डफ्लु फैलिएको छ। प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार प्रदेशका हालसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बर्डफ्लु देखिएको हो। मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेका अनुसार बर्डफ्लुका कारण हालसम्म करिब रु तीन करोड भन्दाबढीको क्षति भएको अनुमान गरिएको छ।

प्रदेशमा माघ १६ गतेदेखि हालसम्ममा सङ्क्रमण विभिन्न जिल्लामा फैलिरहेको छ। बर्डफ्लु देखिएका स्थानमा हालसम्म ५८ हजार २६१ पक्षी, २२ हजार ३४ वटा अण्डा र ११ हजार ४३९ केजी दाना सुरक्षित तरिकाले नष्ट गरिएको पनि सचिव पाण्डेले बताए। सङ्क्रमण देखिएका स्थानमा पूर्णरूपमा निःसङ्क्रमणका कार्य गरिएको र अन्यत्र फैलन नदिन नमूना सङ्कलन र निगरानी भइरहेकोसमेत मन्त्रालयका सचिव पाण्डेले जानकारी दिए।



Leave a Reply

Your email address will not be published.