५३७६ को नमुना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३ सय ७६ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

यसअवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने २ सय ६९ जना संक्रमणमुक्त भएका छन्। हाल नेपालमा सक्रिय संक्रमित २ हजार ४ सय ५३ जना छन् भने २४ घण्टा अवधिमा ९७ हजार ३ सय ६ जनाले खोप पाएका छन्।



Leave a Reply

Your email address will not be published.