निर्वाचन आयोगको निर्णय कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयले गर्‍यो मातहतका निकायलाई परिपत्र

हेल्थपोस्ट नेपाल

काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्वाचन आयोगको गत फागुन १६ को बैठकको निर्णय कार्यान्वयनका लागि आफूमातहतका विभाग, प्रतिस्ठान, अस्पताललगायतका निकायलाई आग्रह गरेको छ। मन्त्रालयले चैत ४ गतेको मितिमा सबै निकायलाई पत्र लेख्दै निर्णय कार्यान्वयनका लागि आग्रह गरेको हो।

आयोगले उक्त दिन वैशाख १० गतेसम्म निर्वाचनसम्बन्धी कार्यमा खटिने जनशक्ति र मतदातालाई लक्षित गरी विस्तृत अभियानमार्फत् कोभिडविरुद्धको पूर्ण खोप लगाउने व्यवस्था मिलाउन भनिएको छ।

आयोगबाट कायम भएका मतदानस्थलको संरचनाको संरक्षण, मर्मतसम्भार, एवं उक्त स्थलमा खानेपानी, शौचालय, विद्युत, सञ्चार, आवतजावतको वैकल्पिक मार्ग, सडक, पुलपुलेसा, कम्पाउण्ड वाल, तारबारआदिको व्यवस्था र ज्येष्ठ नागरिक, महिला तथा अपांगतामैत्री बनाउन सम्बन्धित स्थानीय तह एवं सम्बद्ध निकायलाई निर्देशन दिने उल्लेख थियो।



Leave a Reply

Your email address will not be published.